विराटनगरको बालसुधार गृहमा दोहोरो झडप हुँदा ३ जना युवा घाईते

विराटनगर– मोरङको विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा शुक्रबार साँझ दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार साँझ करिव पौने ८ बजे झडप भएको हो।

झडपमा २२ वर्षका ३ जना युवा घाईते भएका छन्। कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएका २ जना पाँचथर र १ जना सुनसरीका युवा घाईते भएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए।

झडपको कारण खुलिसकेको छैन। घटनाको अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं खटिएका छन्। कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ। तर, बालक हुँदा सुधारगृहमा राखिएकाहरु अहिले युवा भइसकेका छन्।

सुधारगृहको क्षमता ५० जनाको हो। तर, अहिले त्यहाँ २ सय ४९ जनालाई राखिएको छ। सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या १ सय २४ छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय