२५ गते ज्ञानेन्द्रलाई निर्मल निवास पुर्‍याउँछौँ, नारायणहिटी होइन: दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको बताए ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्‍याउने बताए । कतिपयले पूर्वराजालाई सिधै नारायणहिटीमा लैजाने भनेर अभिव्यक्ति दिएपनि अहिलेलाई निर्मल निवास नै लगिने बताए ।

यद्यपि अहिलेको व्यवस्था खराब भइसकेको दाबी गर्दै माहौल बनाएर व्यवस्था ढिलोचाँडो बदलिछाड्ने बताए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय