ट्राफिक प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले उनलाई दुई महिना अघि दायर मुद्दामा दोषी ठहर गरेको हो ।

विशेषका अनुसार प्रहरी नायव निरीक्षक ललित कुमार बुढाथोकीलाई सजाय सुनाइएको हो । उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना हुने सजाय भएको छ भने १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउनेसमेत फैसला भएको छ ।

यस मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको हो । अदालतमा पेस भएको अडियो भिडियो संवाद तथा उजुरीमा उल्लिखित र बरामद नोटका नम्बर भिडेको आधारमा उनी दोषी पाइएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ११ पुसमा बुढाथोकीविरुद्ध मुद्दा दर्ता गराएको थियो । कार्यालय प्रमुखका रुपमा रहेका उनले सवारी साधनलाई आवत जावत सहजीकरण गरिदिए वापत घूस मागिरहेको सूचना अख्तियारमा परेको थियो ।

बुढाथोकीले २५ हजार घूस लिइसकेका थिए । उनको सिरानीबाट उक्त रकम बरामद भएको थियो । जसपछि आवश्यक अनुसन्धान गरी अख्तियारले मुद्दा चलाएकोमा ठहर भएको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय