पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पोखरामा मोटरसाइकल र्याली गरेको छ । हिन्दु राष्ट्रको पुनर्स्थापना संघीयताको खारेजी भ्रष्टाचारको अन्त्य लगायतको विषय माग राखी मोटरसाइकल निकालेको हो । आन्दोलन परिचालन समितिको ब्यानर भएको उक्त र्यालीमा राजावादीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा राजावादीहरूले राजसंस्थाको पक्षमा चर्को नाराबाजी गरेका थिए ।




