जनकपुरमा मधेश शहीद प्रतिष्ठानका सदस्य राम नरेश राय मृत फेला

जनकपुरधाम, फागुन २० – मधेश शहीद प्रतिष्ठानका सदस्य राम नरेश राय मधेश भवनभित्र रहस्यमय अवस्थामा मृत फेला परेका छन्। उनी आज बिहान ७ बजे आफ्नै ओछ्यानमा अचेत अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार मृतकको ओछ्यानमा बान्ताको संकेत भेटिएको छ। तर, मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। चिकित्सकीय रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने जनाइएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय