सर्लाही, १९ फागुन – सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा सोमबार बिहान स्कारपियो पल्टिँदा चालकको मृत्यु भएको छ। गाउँको भित्री सडकमा बिहान ४ बजेतिर बीआर ३० पि १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भइ पल्टिँदा चालक ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते भएका थिए।
अधिकारीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।
अधिकारीको दायाँ हात र शरीरका अन्य भागमा गहिरो चोट लागेको थियो। मृतकको शव काठमाडौंमै पोस्टमार्टमपछि चक्रघट्टा ल्याउने प्रयास भइरहेको पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कारपियो नियन्त्रणमा लिएको छ।



