चितवन प्रहरीमा ठाडो उजुरीको असुली, मुद्दा नपाउंदा निरीक्षक रिजालको असन्तुष्टि

भरतपुर । गत माघ २९ गते भरतपुरमा एउटा निजी कार र भारतीय नम्बर प्लेटको ट्रक जुधे । भारतीय ट्रकले कारमा छोए पनि सामान्य इस्क्याच मात्रै भयो , कुनै ठूलो क्षति भएन् । कारवाला काठमाडौं जाने हतारमा भएको कारण उनले जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक रिजाललाई यो बनाउंदा हजार , बाह्र सय लाग्ला , त्यो लिइदिनु होला , म काठमाडौबाट फर्केर आएर लिउंला भनेर गए । तर त्यस केशमा भारतीय नम्बर प्लेटको ट्रक ड्राइभरसंग २५ हजार बार्गेनिङ गरेर १५ हजार लिने काम प्रहरीले गर्याे ।

त्यस्तै अर्को प्रकरण के हो भने सेवाग्राही आफ्नो समस्या परेर निवेदन दिन जिल्ला प्रहरी कार्यालय प्रवेश गरेर ठाडो उजुरी शाखामा जाने बित्तिकै पहिले पाँच हजार रूपैयाँ अनिवार्य घुष दिनुपर्याे नत्र सेवाग्राहीको निवेदनको सुनुवाइ त परैजावोस् दर्ता पनि हुदैन ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनको निवेदन शाखा भनेको भन्सार हो ,जहाँ सेवा होइन सेवाग्राहीलाई खुलेयाम लुट्ने काम हुन्छ । नहोस् पनि कसरी विगत पाँच बर्ष देखि लगातार बिबादास्पद असई राजेन्द्र गौतमलाई त्यसको जिम्मेवारी दिइएको छ । सिपाहीमा जागिर खाएर पछि असई भएका नवलपरासी घर भएका राजेन्द्र गौतम चितवन प्रहरीमा विगत पाँच बर्ष देखि कार्यरत छन् । चितवन जिल्ला प्रहरीमा हाजिर भए पछि केही दिन कार्य शाखामा बसेका असई गौतम हाल बरिष्ठ सई बस्ने र चितवन जिल्ला प्रहरी कार्यलय मातहतको सबैभन्दा राम्रो , अतिरिक्त कमाई हुने र पोष्टिङका लागि टेण्डर हाल्नुपर्ने ठाउँको रूपमा चिनिएको इप्रका लोथर गए । जबकि त्यतिबेला पनि सई प्रमुखको रूपमा कार्यरत हुन्थे तर गौतम असई दर्जामा नै लोथर बसेर त्यसको भरपूर फाइदा लिने प्रहरी हुन् । उनले त्यतिबेला पनि सईलाई हटाएर लोथर जान सफल भएका हुन् । लोथरबाट फर्के पछि उनी लगातार निवेदन शाखामा बसिरहेका छन् । कति एसपी परिवर्तन भए तर उनलाई कसैले हटाएन । त्यही भएर पनि उनको हिम्मत र महत्वाकांक्षा बढेको होला कि उनले सई , बरिष्ठ सइ मात्रै होइन कि निरीक्षक सम्मलाई पनि जय नेपाल गर्दैनन् भन्ने कुरा चितवन प्रहरीमा सबैलाई थाहा भएको कुरा नै हो । त्यतिमात्र होइन तत्कालीन डिएसपी भेष राज रिजालले अति नै च्यापेको र आर्थिक लेनदेन देखिका केश हेर्ने जिम्मेवारी दिएपछि भुंईमा खुट्टा नटेक्ने असई गौतमलाई रिजाल एसपी बढुवा भएर गएपछि एक दिन सवेदार मेजर बरिष्ठ सई गोपी बहादुर वमले डियुटी मात्रै के हालेका रहेछन् असई गौतमको रिसको पारा सय नाघेछ । सुमेसंग झगडा नै गर्न पुगेछन् । त्यसपछि सुमेले डियुटी हाल्न सकेका छैनन् ।

चितवन प्रहरीमा महिलाका केश बाहेक जतिपनि केश आउंछन ती सबै पहिले निवेदन शाखामा जानुपर्ने बाध्यता छ । त्यसपछि मुद्दा चल्ने केश मात्रै मुद्दा शाखामा जाने हो अन्यथा यही निवेदन शाखाबाट नै फरफारक हुने भएकोले यहाँ पैसाको ठूलो चलखेल हुन्छ । घुष बिना यो शाखामा कुनै काम हुदैन । प्रहरीका सई सम्मका कसैले चिनेको मान्छे आएर सिफारिस गरेभने झन् उल्टो हुन्छ । कि त रेट ५ हजार भन्दा बढी पैसा लिने कि त पीडितले न्याय नपाउने । यो यथार्थता हो । भेषराज रिजाल हुदा उनले भनेको बाहेक अरूले भनेको कुनै काम नगर्ने असई गौतमले गर्दै आएका थिए । हाल दोलखा सरूवा भएका डिएसपी ज्ञान कुमार महत्तोले भनेको काम त झनै हुने थिएन् । यस्ता बदनाम असई गौतमलाई एसपी राजन लिम्बूले अब के गर्छन् त्यो हेर्न बांकी नै छ ।

उता मुद्दा शाखा नपाएर निरीक्षक दीपक रिजालले दुई दिन त मोवाइल स्वीचअफ नै गरे । असईमा भर्ना भएर पछि निरीक्षक भएका दीपक रिजालले मुद्दा शाखा पाउनको लागि निकै जोडवल गरे । भनसुन गर्न पनि लगाए । तर एसपी राजन लिम्बूले उनको असली नियत थाहा पाएपछि मुद्दा शाखा दिएनन् । निरीक्षक दिपक रिजाल इप्रका माडीको प्रमुखको रूपमा कार्यरत थिए । कार्यकाल पुरा भए पछि उनको सरूवा ललितपुर परिसर भयो । त्यसपछि रमाना लिएर हिडेका उनी केही दिनमा फेरि चितवन नै काज गरेर आउन सफल भए । कारण के थियो भने चितवनको मुद्दामा हुने अतिरिक्त कमाई । यसबाहेक भेषराज रिजाल र उनी दाजुभाइ पर्ने रहेछन् । गौतम मिश्र चितवनको एसपी भएर जानू पहिले डिएसपी भए पनि भेषराज नै एसपी जस्तो पावर खेलाएर बसेका थिए । तर गौतम मिश्रले त्यो सबै थाहा पाएर हाजिर भए लगत्तै रिजालको अधिकार कटौती गरिदिए । जब गौतमको चितवनबाट पर्सा सरूवा भयो , उनले आफ्नै गाउँ तिरको मुद्दामा बसेर खल्ली भएका निरीक्षक शैलेन्द्र खड्कालाई फेरि पर्सामा नै लगे । त्यसपछि दीपक रिजालले मुद्दा शाखा आफ्नो भन्ने कुरामा ढुक्क थिए । तर एसपी लिम्बूले मुद्दाको जिम्मेवारी लक्ष्मण केसीलाई दिएपछि रिजालको सपना पुरा भएन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय