हरिवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा प्रदर्शन

सरोज यादव । सर्लाही, फागुन १५ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा अज्ञात सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। हरिवन नगरपालिका–११ स्थित चिनी मिल गेटदेखि १०० मिटर पश्चिमतर्फ एक गाडीले किच्दा मलङ्गवा नगरपालिका–५ निवासी ४५ वर्षीय बुधेश सहनीको ज्यान गएको हो। उनी हाल हरिवन नगरपालिका–४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार, आज बिहान २:३० बजे गस्तीमा रहेको प्रहरी टोलीले दुवै तीघ्राभन्दा तल गम्भीर रूपमा क्षतिग्रस्त अवस्थामा एक पुरुषलाई अचेत फेला पारेको थियो। तत्कालै नमूना अस्पताल हरिवन पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा बिहान १० बजेतिर मात्र मृतकको पहिचान खुलेको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए। सवारी दुर्घटनामा संलग्न गाडी पत्ता लगाउन राजमार्ग क्षेत्रका सीसी टिभी फुटेजहरू खङाल्दै अनुसन्धान जारी रहेको उनले बताए। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना राति ११ बजेदेखि बिहान २ बजेको बीचमा भएको अनुमान गरिएको छ।
दुर्घटनापछि मृतकका आफन्त र स्थानीयबासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तीनघरेस्थित लच्कामा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ भने घटनामा संलग्न गाडीको पहिचान गर्न प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय