सर्लाही : महाशिवरात्रिको अवसरमा सर्लाहीको ऐतिहासिक तथा धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर, चिताइनमा श्रद्धालुहरूको घुइँचो लागेको छ। आज बिहान ३ बजेदेखि नै हजारौं भक्तजन दर्शन तथा पूजाका लागि यहाँ आएका छन्।
विशेषगरी, चर्मरोग निको हुने र मनोकामना पूरा हुने जनविश्वासले गर्दा भान्टाको भार र धानको मटका चढाउने भक्तजनहरूको भीड अझ बढेको छ। टाढा-टाढाबाट आएका श्रद्धालु दिनभर पूजा – अर्चनामा व्यस्त छन्।
यसै अवसरमा मन्दिर परिसरमा आजदेखि २० गतेसम्म चल्ने चिताइन मेला सुरु भएको छ। यसबाहेक, जिल्लाका अन्य शिवालयहरूमा पनि दर्शनार्थीको अत्यधिक भीड देखिएको छ।



