अवैध डान्सबारबाट ११ जना पक्राउ, अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी

महोतरी : महोत्तरीको औरहीमा बिना अनुमति सञ्चालन गरिएको डान्सबारबाट ८ महिला र ३ पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ब्ल्याक एण्ड व्हाइट डान्सबारमा सामाजिक मूल्य–मान्यताविपरीत गतिविधि सञ्चालन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाको टोलीले सोमबार राति छापा मारेको थियो। पक्राउ परेका सबैलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय