प्युठानमा दम्पती हत्या प्रकरण: पारिवारिक विवादकै बीच भतिजको क्रुर अपराध

प्युठान — माण्डवी गाउँपालिका–२ रातापानीमा एकै परिवारका दुई जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्ने ३४ वर्षीय पंकज परियार मृतक रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारका भतिज हुन्।

प्रहरीका अनुसार दम्पतीलाई टाउकामा घन प्रहार गरी विभत्स हत्या गरिएको थियो। अनुसन्धानको क्रममा घटनास्थलभन्दा ५० मिटर पर रगतले लतपतिएको घन फेला परेको छ।

पक्राउ परेका पंकजले रिसइबीको कारणले हत्या गरेको स्वीकार गरेका छन्। उनकी श्रीमतीले छाडेर गएपछि मृतक दम्पतीले उनलाई जिस्काएको भन्दै उनले क्रोधित भएर काका-काकीको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय