गुण्डा अप्रेसन हावादारी साबित, मुद्दै नचली दबाबमा छुटे सात ‘टोले गुण्डा’

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरु गरेको गुण्डाविरुद्धको अप्रेसन हावादारी साबित भएको छ । तरबारले केक काटेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी आतंक मच्चाएको आरोपमा पक्राउ गरिएकाहरु मुद्दा नै नचली छुटेका छन् ।

सरकारी वकिलले मुद्दा चलाउन आवश्यक नभएको भन्दै उनीहरूलाई छाडिदिएको हो । यसले प्रहरीले हावादारी शैलीमा उनीहरूलाई पक्राउ गरेको र प्रमाण जुटाउन नसकेको प्रष्ट भएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गत २३ माघमा सात जनालाई पक्राउ गरेको थियो । धादिङको गल्छीका २९ वर्षीय रोमन आले, तनहुँको भानु नगरपालिका–७ का ३६ वर्षीय मनोहर थापा मगर, गोरखाको आरुघाट नगरपालिका–७ का २७ वर्षीय सुमन पराजुली, काभ्रेको रोशी गाउँपालिका–७ का २६ वर्षीय रोशन तामाङ, तनहुँकै भानु–११ का ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाको आरुघाटका २९ वर्षीय पदमबहादुर मगर र दोलखाको बैतेश्वर गाउँपालिका–३ का ३९ वर्षीय गोपाल मोक्तान पक्राउ परेका थिए ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मुद्दा प्रक्रिया अघि बढाएको थियो । तर, प्रहरीको कमजोर अनुसन्धान र चलखेलका कारण मुद्दा नै नचली छुटेका छन् ।

यसरी प्रहरीकै कद घटेको छ भने अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको अप्रेसन पनि फेल खाएको छ । गुण्डा अप्रेसनका नाममा केही ‘टोले’लाई पक्राउ गरेर अन्यलाई भने तर्साएको मात्र आरोप पनि लागेको छ । गुण्डा नाइकेहरूमाथि प्रहरीले अनुसन्धान गर्न सकेको छैन । अनलाईन नेपाल बाट साभार

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय