अवैध सालको काठसहित दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । आज गए राति १ः३० बजे  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो । गस्तीको क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट  ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय