एमाले जनताको चाहनाअनुसार चल्ने एकमात्र पार्टी भएको महासेठको दाबी

जनकपुरधाम, फागुन १० – नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठले एमाले मात्रै जनताको चाहनाअनुसार नीति निर्माण गर्ने पार्टी भएको दाबी गरेका छन्। शनिबार जनकपुरधाममा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा उनले अन्य दलहरू विदेशी निर्देशनमा चल्ने आरोप लगाउँदै एमाले मात्रै जनताको इच्छाअनुसार सञ्चालन हुने बताएका हुन्।

महासेठले एमालेले गरेका विकास निर्माणका कामहरूप्रति जनतामा पर्याप्त जानकारी नपुगेको गुनासो गर्दै सामाजिक सञ्जाललगायत माध्यमबाट प्रचार-प्रसार बढाउन नेता कार्यकर्तालाई निर्देशन दिए। साथै, उनले कार्यकर्ताहरूलाई सासक नभई सेवकको भूमिकामा रहेर जनताको घरदैलोमा पुग्न आह्वान गरे।

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले नेतृ जुलीकुमारी महतोले ‘मिसन २०८४’ सफल बनाउन अहोरात्र खट्नुपर्नेमा जोड दिँदै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यकता औंल्याइन्। गठबन्धन सरकार देश र जनताको पक्षमा प्रभावकारी हुन नसकेको दाबी गर्दै उनले एमालेको बहुमत सुनिश्चित गर्न सबै तहमा सक्रिय रूपमा लाग्नुपर्ने बताइन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय