सर्लाहीमा नेकपा एमालेका वडा सदस्यद्वारा बिधुत कर्मचारीमाथि दुर्व्यवहार

सरोज यादव । फागुन ९, सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परिक्षण महतोले नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् । बिधुत महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई “मेरो लाइन किन काटिस ? तिमीलाई काटेर फालिदिन्छु!” भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।

घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–३ स्थित धारटोलमा भएको हो । प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि बिधुत महसुल तिरेका थिएनन् । नेपाल बिधुत प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको बिधुत लाइन काटेका थिए । सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा बिधुत प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।

घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए । त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।एक निर्वाचित जनप्रतिनिधिद्वारा सरकारी कर्मचारीमाथि यस प्रकारको अभद्र व्यवहार हुनु गम्भीर विषय हो । स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले घटनाबारे आवश्यक छानबिन गरी कानूनी कारबाही अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय