सर्लाहीमा गहुँ खेतमा पुरुषको शव भेटियो, करेन्ट लागेर मृत्युको आशंका

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका-९ रोहुवास्थित गहुँ खेतमा एक पुरुषको शव फेला परेको छ। रौतहट गढीमाई नगरपालिका – २ हथिऔलका ४५ वर्षीय शुद्धिलाल साहको शव शुक्रबार दिउँसो भेटिएको हो ।ससुरालीमा बस्दै आएका साह सागसब्जी बेच्ने काम गर्थे । स्थानीयले खेतमा रहेको बिजुलीको ट्रान्सफर्मरमुनि मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा साहको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको हातमा ट्रान्सफर्मरको अर्थिङ तार थियो, साथै नजिकै पिलाससमेत फेला परेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय