सांसद अमरेश सिंहको कार्यक्रममा सहभागी भएको भन्दै मन्त्री रायलाई कांग्रेसको स्पष्टीकरण माग

सर्लाही, ०८ फागुन – नेपाली कांग्रेस सर्लाहीले क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई स्पष्टिकरण सोधेको छ। संघीय सांसद डा. अमरेशकुमार सिंहको कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले रायलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।

फागुन ३ गते क्षेत्र नं. ४ को बलरामामा सांसद सिंहले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रममा राय सहभागी भएका थिए। सिंह कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका थिए।

जिल्ला उपसभापति तथा अनुशासन समितिका संयोजक डा. सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा रायले अन्य नेताहरुको कार्यक्रममा भाग लिएर आफ्नै पार्टीका नेतालाई आरोप तथा गालीगलौच गरेको उल्लेख छ।

सर्लाही कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबीच मतभेद रहँदै आएको छ। यस घटनाले पार्टीभित्रको आन्तरिक विभाजन थप चर्किएको संकेत गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय