समाजवादी किसान महासंघको अध्यक्षमा भाग्य नारायण राय चयन

काठमाडौं, फागुन ७ – जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन समाजवादी किसान महासंघ को केन्द्रीय अध्यक्षमा पार्टीका नेता तथा केन्द्रीय सदस्य भाग्य नारायण राय नियुक्त भएका छन्।

बुधबार च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा आयोजित जनवर्गीय संगठन रुपान्तरण तथा पुनर्गठन घोषणा सभा मार्फत रायको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो। राय लामो समयदेखि समाजवादी आन्दोलन र कृषक हकहितका क्षेत्रमा सक्रिय छन्।

कार्यक्रमका प्रमुख अतिथि जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी किसान महासंघ लाई नमुना संगठनका रूपमा स्थापित गर्न ठोस कार्ययोजना आवश्यक रहेको बताए। जसपाका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री अशोक राईले कृषि क्षेत्रलाई आधुनिकीकरण र आत्मनिर्भर बनाउनु आवश्यक रहेकोमा जोड दिए।

नवनियुक्त अध्यक्ष रायले महासंघले किसानका अधिकार, कृषि नीति सुधार तथा अन्य समस्याहरूको समाधानका लागि सशक्त रूपमा अभियान सञ्चालन गर्ने बताए।

यस सभाले समाजवादी किसान महासंघ सहित पाँचवटा जनवर्गीय संगठनहरूको पुनर्गठनको घोषणा समेत गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय