सरोज यादव । सर्लाही, फागुन ६ – सर्लाहीको पर्सा गाउँपालिकास्थित मङराहा पोखरी नजिक हुलाकी सडक खण्डबाट प्रतिबन्धित लागू औषध सहित दुई युवक पक्राउ परेका छन्। प्रहरी चौकी पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना. ४२ प ४२७० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागू औषध बरामद गरेको हो।
मोटरसाइकलमा लुकाइछिपाई ल्याइएका ONEREX-100 ML का १७० बोतल र RJE-SCEN-100 ML का २४ बोतल गरी जम्मा १९४ बोतल लागू औषध फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा सर्लाही, लालबन्दी नगरपालिका-११ निवासी २६ वर्षीय मुकेश यादव र पछाडि सवार १९ वर्षीय संजिव महतो पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। सम्मानित सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



