“सर्लाही: नेपाली विद्यार्थी माथि आक्रमण र प्रकृति लम्सालको मृत्युको छानबिनको माग”

सर्लाही : सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले नेपाली विद्यार्थी माथि भएको दमन र प्रकृति लम्सालको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य, कमरेड समिम बाबू पठानले मन्तव्य राख्दै, “नेपाली विद्यार्थी माथि भइरहेको आक्रमणलाई तत्काल बन्द गरिनु पर्छ र प्रकृति लम्सालको मृत्युको गम्भीर छानबिन गरिनु पर्छ,” भनेका छन्।

यो विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले आक्रमण र शोषणको अन्त्यको लागि आवाज उठाएका छन् र सरकारसँग यी विषयमा शीघ्र कारवाही गर्न आग्रह गरेका छन्।

प्रकृति लम्सालको मृत्युको घटनाले विद्यार्थी समुदायमा गहिरो चिन्ता र असन्तुष्टि उत्पन्न गरेको छ। उनीहरूको विश्वास छ कि यस घटनाको सही छानबिन नगरेसम्म यस्तो घटनाले भविष्यमा अझै पनि विद्यार्थी समुदायलाई असर पुर्याउने छ।

प्रदर्शनकारीहरूले न्यायको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् र आफूहरूको माग पूरा नभएसम्म शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन जारी राख्ने बताएका छन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय