जनकपुरका अवैध अस्पतालमाथि कारबाही, चार अस्पताल बन्द

४ फागुन, जनकपुरधाम । मधेश सरकारले जनकपुरधामका निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउँदै चारवटा अस्पताललाई तत्काल बन्द गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले आइतबार साँझ नौवटा अस्पतालमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा दर्ता बिना सञ्चालनमा रहेका जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, र कृष्णा हस्पिटल प्रालिलाई बन्द गरिएको छ।

अन्य अस्पताललाई पनि विभिन्न सुधारका निर्देशनहरू दिइएको छ। ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला व्यवस्थापन गर्न भनिएको छ, जबकि गीताश्री इएनटी स्पेसियालिटी क्लिनिकलाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

नवजीवन हस्पिटल, वैदेही हस्पिटल, र एडभान्स सिटी स्क्यानले वर्षौंदेखि नवीकरण नगरेकाले तिनीहरूका सञ्चालकलाई कागजात लिएर उपस्थित हुन भनिएको छ।

अनुगमन समितिका अनुसार, बन्द अस्पतालहरूमध्ये केही स्थानमा उपचार कार्य जारी हुन सक्ने आशङ्कामा सिसिटिभी फुटेज झिकाएर थप छानबिन गर्ने तयारी गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय