समाजसेवामा समर्पित: पत्रकार बन्दना झाले वृद्धाश्रममा मनाइन् आफ्नो जन्मदिन

अरोज यादव । सर्लाही । सर्लाही अपडेट दैनिककी सम्पादक तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष बन्दना झाले आफ्नो ३४औँ जन्मदिन समाजसेवामा समर्पित गर्दै लालबन्दी-२ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा मनाएकी छन्।

झाले वृद्धवृद्धासँग केक काट्दै खुसी साटासाट गरिन् र आश्रमका बासिन्दाहरूलाई बिहानको एक छाक मिष्ठान्न भोजन गराइन्। आश्रमका संरक्षक बासुदेवशरण कोइराला, मञ्जु कोइराला, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, तथा जिल्लाका विभिन्न सञ्चारकर्मीहरूले उनलाई जन्मदिनको शुभकामना व्यक्त गरे।

आश्रमकी व्यवस्थापक भवानी कोइरालाका अनुसार, झाले विगत पाँच वर्षदेखि निरन्तर यसरी नै जन्मदिन मनाउँदै आएकी छन्। पत्रकार झाले वृद्धवृद्धासँग समय बिताउनु आफैंमा एउटा सुखद अनुभव भएको बताइन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय