सप्तरीमा तीन करोडको लागतमा प्रहरी भवन निर्माण हुँदै

सप्तरी, २९ माघ २०८१ – सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) को भवन ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक सुविधासहित निर्माण हुने भएको छ। ब्रीटिस एम्बेसीको सहयोगमा निर्माण हुने यस भवनले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्दै सेवाप्रवाहलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले मंगलबार कञ्चनपुरमा आयोजित “मधेश प्रदेशमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सहकार्य सुदृढीकरण” कार्यशालाको समापन समारोहमा जानकारी दिनुभएको हो। मन्त्री लेखीले भवन निर्माणको स्थलगत निरीक्षण पनि गर्नुभएको थियो।

सञ्चालनमा आउने भवन चालू आर्थिक वर्ष २०८१/०८२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। यसले स्थानीय नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी प्रहरी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय