अरोज यादव । सर्लाही, १९ माघ – जनता समाजवादी पार्टी (जसपा) को भातृसंगठन समाजवादी महिला संघ, सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले चन्द्रिका सिंह दनुवारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
उक्त कार्यक्रम जसपा सर्लाहीका जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका अध्यक्ष एवं पूर्व मन्त्री अशोक यादव उपस्थित रहेका थिए। साथै, केन्द्रीय सदस्य बम बहादुर लामा, पूर्व मन्त्री सञ्चमया मोक्तान, जिल्ला उपाध्यक्षहरू रमन मिश्र र अजय यादव, जिल्ला सचिव सोहन झा, जिल्ला सह-सचिव विनोद जयसवाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।



