सम्बन्धविच्छेदको लागि अदालत पुगेकी एलिना, अंश हकदाबी नगर्ने निर्णय

काठमाडौ : लोकप्रिय गायिका एलिना चौहानले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अन्त्य गर्न जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

शुक्रबार अदालतमा दर्ता गरिएको मुद्दामा उनले अंश हक वा माना चामल केही पनि नलिई केवल सम्बन्धविच्छेदको कानुनी मान्यता चाहेको उल्लेख गरेकी छिन्। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार चौहानले पतिले बारम्बार शंका गर्ने, चरित्रमाथि प्रश्न उठाउने जस्ता कारणले मानसिक तनाव खेप्नुपरेको दाबी गरेकी छन्।

एलिना र विष्णुले २०८१ साल वैशाख ५ गते प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। तर, केही महिनामै उनीहरूबीच विवाद चुलिएको चर्चा थियो। विष्णु सापकोटा हाल अस्ट्रेलियामा बसोबास गर्छन्।

पछिल्ला दिनहरूमा यी दुईको सम्बन्धमा खटपट आएको खबर सार्वजनिक भइरहेकै बेला एलिनाले कानुनी रूपमा सम्बन्ध टुंग्याउने निर्णय लिएकी हुन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय