पार्टी नेतृत्वसँग असन्तुष्ट पूर्वसांसद प्रमोद साहले जसपा नेपाल छाडे

काठमाडौं – २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वसांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका छन्।

साहले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा पार्टीको साधारण सदस्य समेत नरहेको स्पष्ट पारेका छन्। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवप्रति असन्तुष्टि जनाउँदै उनले नेतृत्वको एकतर्फी निर्णयप्रति आपत्ति जनाएका छन्।

गत असारमा जनकपुरधाममा सम्पन्न महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिन चाहेका साहले निर्वाचनको प्रक्रिया नै नअपनाई नेतृत्वले मनोनीत गरेका कारण असन्तुष्ट भएको जनाएका छन्। साथै, सर्लाही जिल्लाका नेताहरुलाई जिम्मेवारी नदिइएको तथा पार्टी नेतृत्वले बारम्बारको आग्रहलाई बेवास्ता गरेको उनले उल्लेख गरेका छन्।

साहको पार्टी परित्यागले जसपा नेपालको सर्लाही जिल्लामा प्रभाव पार्ने आँकलन गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय