सर्लाहीमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम संचालन

सरोज यादव । माघ १४ , सर्लाही । जिल्लाको ट्राफिक प्रहरी कार्यालयद्वारा दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट, हरिपुरले इलाका प्रहरी कार्यालय हरिपुरसँगको सहकार्यमा हरिपुर नगरपालिका वडा नं. ३ फरहदवास्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमहरूको महत्त्व, दुर्घटना रोकथामका उपाय तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आवश्यक विधिहरूको जानकारी गराइएको थियो। सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सडक सुरक्षा, जिम्मेवार यात्रु तथा चालक बन्न प्रेरित गरेको छ।

कार्यक्रमको प्रमुख सन्देश थियो, “जिन्दगी रह्यो भने यात्रा धेरै बाँकी छ, सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गरौं।”

यो पहलले सडक दुर्घटनामा कमी ल्याउने तथा सुरक्षित यात्रालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। ट्राफिक प्रहरी कार्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै अन्य स्थानमा पनि संचालन गर्ने योजना बनाएको जनाएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय