नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने इन्स्पेक्टर दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको छ ।

अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए ।

विष्टलाई चार हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय