सर्लाहीमा मेयर थापालाई झुटो मुद्दामा फसाउने प्रयासको विरोधमा माओवादीको प्रदर्शन

सर्लाही – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीला मोक्तानलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादी केन्द्रले सर्लाहीमा तीव्र विरोध प्रदर्शन गरेको छ।

आज हरिवनबाट सुरु भएको मोटरसाइकल र्‍याली लालबन्दी पुगेर जिल्ला वन कार्यालयलाई घेराउ गर्दै विरोधमा उत्रिएको हो। माओवादी केन्द्रले मेयर थापा र उपमेयर मोक्तानमाथि भ्रष्टाचारको झुटा आरोप लगाएर राजनीतिक प्रतिशोध लिने प्रयास भएको बताएको छ।

बागमती क्षेत्रका पर्ती जग्गामा सुकुम्बासीलाई बसोबास गराएको विषयमा वन मुद्दा दायर भएपछि हाल मेयर र उपमेयर दुवै निलम्बित छन्। माओवादीले यो मुद्दालाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ।

माओवादीले चरणबद्ध आन्दोलनको घोषणा गर्दै मोटरसाइकल र्‍याली, विरोध प्रदर्शन, मशाल जुलुस, जनसभा र आम हड्तालजस्ता कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय