सुनकोशी नदीमा दुर्घटना, सर्लाहीका युवक बेपत्ता

सर्लाही – सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटनामा परेका सर्लाहीका एक युवक बेपत्ता भएका छन्। सुनकोशी नदी किनारमा फेला परेको मोटरसाइकल र झोलामा भेटिएको बिलबुकका आधारमा सर्लाहीको बरहथवा नगरपालिका-७ का युवक दुर्घटनामा परेका हुन सक्ने प्रहरीको अनुमान छ।

दुर्घटनाबारे जानकारी खुर्कोटस्थित इलाका प्रहरी कार्यालयलाई राति ८ बजे प्राप्त भएको थियो। त्यसपछि सुरु गरिएको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ज१०प २६०४ नम्बरको मोटरसाइकल र झोला नदीबाट बाहिर निकालेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटना कहिले र कसरी भयो भन्ने स्पष्ट नभए पनि घटनाबारे थप अनुसन्धान जारी छ।

बेपत्ता युवकको खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय