धनुषामा श्रीमानद्वारा लाठी प्रहार गरी श्रीमतिको हत्या, मानसिक समस्या रहेको आशंका

जनकपुरधाम । सामान्य विवादको क्रममा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५, दक्षिणबारी टोल पर्वताका ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमति २९ वर्षीया संगीता ठाकुरको हत्या गरेका छन्।

शनिबार राति भएको यो घटना स्थानीयवासीहरूका अनुसार श्रीमानले लाठीले श्रीमतिको टाउकोमा प्रहार गर्दा मृत्यु भएको हो। देवलाल ठाकुरलाई यसअघि पनि गैर समाजिक गतिविधिमा संलग्न पाइएपछि आलोचना गरिएको थियो। स्थानीयले उनको मानसिक अवस्था सामान्य नरहेको बताउँदै आएका छन्।

मृतक संगीता ठाकुर धनुषाको जनकपुरधाम उपमहानगरपालिका महुवा कपिलेश्वर निवासी थिइन्। घटना भएको केही समयपछि प्रहरीले देवलाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। यस घटनाले धनुषामा एक पटक फेरि घरेलु हिंसासम्बन्धी चिन्ताजनक स्थिति उजागर गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय