पर्सामा तस्करी नियन्त्रणका लागि डिआईजी ध्वजीको सक्रियता: सीमाक्षेत्रमा गोप्य अनुगमन, अवैध कारोबारी त्रस्त

पर्सा, वीरगंज। विगत केही समयदेखि सीमाक्षेत्रमा तस्करीका गतिविधि तीव्र भएपछि सशस्त्र प्रहरी बल मधेस प्रदेश छिनमस्ता बाहिनीका बाहिनीपति डिआईजी कालीदास ध्वजीले तस्करी नियन्त्रणका लागि गोप्य रूपमा छड्के अनुगमन थालेका छन्।

दुई दिनदेखि जारी यो अनुगमनले सीमाक्षेत्रका आपराधिक गतिविधिमा संलग्न अवैध कारोबारीहरूलाई भागाभाग गराएको छ। स्थानीय स्रोतका अनुसार, अनुगमनका क्रममा तस्करी र आपराधिक गतिविधिहरूको अध्ययन गरी रणनीति तयार पार्ने प्रयास भइरहेको छ।

डिआईजी ध्वजीको कदमपछि तस्करीमा संलग्न सशस्त्र प्रहरीका केही अधिकारीमाथि पनि प्रश्न उठेका छन्, जसले सुरक्षा निकायको छविलाई चुनौती दिएको छ। यद्यपि, यो अनुगमन अभियानलाई सुधारात्मक प्रयासका रूपमा सकारात्मक रूपमा हेरिएको छ।

स्थानीयवासीहरूले डिआईजी ध्वजीको सक्रियतालाई सराहना गर्दै यसले सीमाक्षेत्रमा शान्ति स्थापना र तस्करी नियन्त्रणमा ठोस प्रभाव पार्ने अपेक्षा गरेका छन्।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय