सीआईबीले खोजेपछि डीडीसीका पूर्वजीएम भागे, अमेरिका पुगेको आशंका

काठमाडौं । पूर्व कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र रायको कार्यकालमा कीर्ते अनुभवको प्रमाणपत्रका पेश गरी दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक भएका संजीव झा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले खोजेपछि अमेरिका भागेका छन् ।
महिन्द्र राय कृषिमन्त्री हुँदा झाले महाप्रबन्धकका लागि आवश्यक पर्र्ने अनुभवको प्रमाणपत्र कीर्ते बनाएर पेश गरेका थिए । ज्वालाकुमारी साह कृषि मन्त्री भएपछि पुनः झा महाप्रबन्धकको दौडमा लागेपछि सीआईबीमा कीर्ते अनुभवको प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो । साहको बहिर्गमनपछि रामनाथ अधिकारी कृषि मन्त्री भए । उनी कृषिमन्त्री भएपछि संस्थानको महाप्रबन्धकको छनोट हुने प्रक्रिया पुनः सुरु भएपछि झा पनि दौडमा लागेकै बेला सीआईबीले उनको छानबिन गरेको थियो । झाका बारेमा उजुरी परेको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए । उनले भने–अनुसन्धान भइरहेको छ ।
झा महाप्रबन्धक भएपछि संस्थान अनियमितता, बेथिति र भ्रष्टाचारका कारण थिलथिलो बन्यो । दुई वर्ष महाप्रबन्धक रहँदा झाले संस्थानलाई रसातलमा पुर्याएको आरोप छ ।
नेपालका ४६ संस्थानमध्ये दुग्धजन्य पदार्थको संकलन र बिक्री वितरण गर्ने सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान वित्तीय कारोबारमा धरासायी बन्यो । बरिष्ठ कर्मचारी हुँदाहुँदै महिन्द्र रायले आर्थिक लेनदेनमा अति कनिष्ट झालाई महाप्रबन्धक बनाएका थिए । किसानलाई डीडीसीले एक अर्ब ३२ करोड रुपैंयाँ भुक्तानी दिन बाँकी छ ।
संस्थानको घाटा ४२ करोडभन्दा बढी पुगेको छ । झा संस्थानको महाप्रबन्धक रहँदा अनियमितता र भ्रष्टाचार मौलाउँदा टाट पल्टिएको र उनी पुनः महाप्रबन्धक बन्न दौडधुपमा लागेका थिए । उपभोक्ता हित संरक्षण समितिले कृषि तथा पशुपंक्षी मन्त्रालयको २०७८÷७९ को खुल्ला प्रतिस्पर्धाबाट विज्ञापनमा सहभागी हुँदा झाले पेस गरेका कागजात झुटो भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।
झा अमेरिकामै बसेर सीआईबीको उजुरी मिलाउने र नेपाल फर्किने कोसिसमा पनि लागेका थिए ।। तर कीर्ते गरेको सप्रमाण जाहेरी परेकाले सीआईबीले नछाड्ने भएपछि नफर्कने गरी परिवारका सदस्यलाई पनि उतै लगिसकेको स्रोतले बताएको छ ।महाप्रवन्धकमा नियुक्ति लिँदा अस्तित्वमा नै नभएको संस्थाको कीर्ते अनुभव पेस गरेको आरोप लागेका झाको योग्यता र अनुभव सम्बन्धी मुद्दाको अझै अन्तिम किनारा लागेको छैन । उनीविरुद्ध सरकारी निकायमा उजुरीका चाङ छन् ।
नेपाल फेस

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय