सर्लाही – सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) परिवर्तन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रधान कार्यालयले ९० जना सशस्त्र प्रहरी उपरीक्षकको नियमित सरुवा गरेपछि सर्लाहीका एसपी विनोदराज खनालको पनि सरुवा भएको हो। अब एसपी खनाललाई सर्लाहीबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातिर्थ, काठमाडौंमा सरुवा गरिएको छ।
सर्लाहीमा अब सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द प्रमुखको रूपमा आउने भएका छन्। उनी काठमाडौँको एपिएफ ईन्टेलिजेन्स ब्यूरोमा कार्यरत थिए।



