सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको ३७ जना डीएसपीको सूचीमा श्रेष्ठ १०औँ स्थानमा परेका छन्।
सर्लाहीमा लगभग एक वर्षको सेवा अवधिमा डिएसपी श्रेष्ठले शान्ति सुरक्षामा उल्लेखनीय योगदान दिएका थिए। उनी जिल्ला प्रहरी कार्यालयका प्रवक्ताको भूमिकासमेत प्रभावकारी ढंगले निर्वाह गरेका थिए।
बढुवा भएका अधिकारीहरूको दरबन्दी निर्धारण गर्न बाँकी रहेकोले श्रेष्ठको सरुवा हुने लगभग निश्चित भएको छ। सर्लाहीमा नयाँ डिएसपी नियुक्त गर्नका लागि प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोतले जनाएको छ।



