सर्लाही : नेपाल–भारत सीमामा स्तम्भ मर्मत र रङ्गरोगन सुरु

मलङ्गवा – नेपाल र भारतबीचको सर्लाहीस्थित सीमामा रहेका स्तम्भहरूको मर्मत र रङ्गरोगन कार्य सुरु भएको छ।

यो काम बिहीबारदेखि सुरु भएको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नापी अधिकृत कपिल कट्वाल, र भारतीय सशस्त्र सीमा बल (एसएसबी) कनौलीका प्रतिनिधिहरूको संयुक्त टोलीले उक्त कार्य प्रारम्भ गरेका हुन्।

कौडेना गाउँपालिका–७, शिवनगर र भारतको सितामढी जिल्ला खोप्राहा खाप ग्रामपंचायत–६ खाप गाउँको दशगजा क्षेत्रमा अवस्थित सीमा स्तम्भ नं. ३२९/२ बाट पश्चिमतर्फ मर्मत र रङ्गरोगनको कार्य सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठका अनुसार यस प्रक्रियाले सीमा व्यवस्थापनमा थप स्पष्टता र मजबूती प्रदान गर्नेछ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय