वाणिज्य बैंक मलंगवा शाखाद्वारा असल ऋणीलाई सम्मान, वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

अरोज यादव । सर्लाही, माघ १० – राष्ट्रिय वाणिज्य बैंक शाखा मलंगवाले आफ्नो ६० औं वार्षिकोत्सवको अवसरमा दुईजना असल ऋणीलाई सम्मानित गरेको छ। बिहीबार आयोजित विशेष समारोहमा असल ऋणीद्वय शिव दुलारी महतो सुँढी र ममता कुमारी महतोलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो।

शाखा प्रबन्धक सुशीला कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको उद्घाटन केक काटेर गरिएको थियो।

मलंगवा नगरपालिका वडा नम्बर ९ मा अवस्थित शाखाको वार्षिकोत्सवमा नेपाली काँग्रेस नगर कमिटीका निवर्तमान अध्यक्ष चन्द्र किशोर साह, शाखाका कर्मचारी, बुद्धिजीवी, खाताधारी र पत्रकारहरुको उपस्थिति थियो।

राष्ट्रिय वाणिज्य बैंक देशकै पुरानो र प्रतिष्ठित बैंकहरूमध्ये एक मानिन्छ। बैंकले विगत ६० वर्षदेखि देशभर आफ्ना ग्राहकहरूलाई आर्थिक सेवा प्रदान गर्दै आएको छ। मलंगवा शाखा, बैंकको २६४ औं शाखा, यस क्षेत्रमा रहेका ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

वार्षिकोत्सव समारोहका क्रममा शाखाले समुदायलाई अझ प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय