समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

सर्लाही, २०८१ माघ १० – “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम इ.प्र.का. मुर्तिया, प्रहरी चौकी त्रिभुवन नगर, सिसौट, गोरखाकाली, र अस्थायी प्रहरी पोष्ट सोल्टी बजारले संयुक्त रूपमा आयोजना गरेका थिए।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा लागुऔषध दुरुपयोग, लैङ्गिक हिंसा, बहुविवाह, चिसोबाट बच्ने उपाय, र जबरजस्ती करणी जस्ता समाजमा गम्भीर असर पार्ने विषयहरूप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधि र छलफलहरू सम्पन्न गरियो।

प्रमुख वक्ताहरूले समाजलाई सुरक्षित र समृद्ध बनाउन समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। साथै, यस्ता सचेतनामूलक कार्यक्रमहरूले समाजलाई सकारात्मक परिवर्तनतर्फ डो-याउने विश्वास व्यक्त गरे।

स्थानीय समुदायले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधि निरन्तर आयोजना गर्न आग्रह गरेका छन्। कार्यक्रमले समाजमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय