काठमाडौं । सशस्त्र प्रहरीका ८ वटा बाहिनीहरूलाई पछि पार्दै सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट भएको छ ।
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार गढीमाई बाहिनीलाई उत्कृष्ट घोषित गर्दै बाहिनीपति डीआईजी गणेश ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।गृहमन्त्री रमेश लेखक र सशस्त्र आईजी राजु अर्यालले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेका थिए ।



