धनुषामा छ महिनामा २६ जनाको मृत्यु, ५ सयभन्दा बढी सडक दुर्घटना

जनकपुरधाम । पछिल्लो छ महिनामा धनुषा जिल्लामा भएका सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक कार्यालयका अनुसार, सो अवधिमा ५ सय ६ वटा दुर्घटना भएका छन्।

अघिल्लो वर्षको सोही समयमा ५ सय ९८ वटा दुर्घटनामा ३९ जनाको मृत्यु भएको थियो। यस वर्ष दुर्घटनाको संख्या घटे पनि ज्यान गुमाउनेको संख्या अझै उच्च छ।

समीक्षा अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ५ सय ९३ सवारीसाधनका सञ्चालकहरूबाट रु. ९७ लाख ५८ हजार ५ सय राजस्व संकलन गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १४ हजार २ सय ३६ सवारीसाधनबाट रु. १ करोड ६ लाख ५४ हजार ५ सय राजस्व संकलन भएको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय