सन्तानेश्वर महादेव मन्दिर परिसरमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाही, माघ ५ — जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त आयोजनामा सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानिपुरस्थित सन्तानेश्वर महादेव मन्दिर परिसर र नजिकैको प्रतीक्षालयमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नवलपुर सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरे, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सुजन पाठक, लालबन्दी वडा नं १६ का वडा अध्यक्ष गणेश बहादुर थापा, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, र अन्य प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

सरसफाई कार्यक्रम सम्पन्न पश्चात शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय