१४ वर्षसम्म पुल निर्माणको काम अधुरै

सर्लाही – सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ ।नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए ।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ । अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए ।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ ।अहिलेखेतीकोकामकालागिडुंगाचढेरआउजाउगर्नुपर्नेबाध्यतारहेकोउनलेबताए।
माधवकुमार नेपालले शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय