सर्लाहीमा हराएको व्यक्ति मृत अवस्थामा फेला

सर्लाही, २०८१ पौष १५ : सर्लाहीको हरिवन नगरपालिका-१०, इनारटोलका ३९ वर्षीय हरि प्रसाद प्रसाई मृत अवस्थामा फेला परेका छन् । पौष १५ गते बिहान ११:०० बजे घरबाट पैसा लिन बरहथवा नगरपालिका-९, मुर्तियातर्फ गएका प्रसाई हराएका थिए ।

पाँच दिनपछि, हरिवन नगरपालिका-१० स्थित उखुबारीमा खाल्टो खनेर गाडिएको अवस्थामा शव भेटिएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी, सहायक सरकारी वकिल, प्रादेशिक अस्पतालका चिकित्सक, र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले शव बरामद गरी कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय