सर्लाहीमा स्कुटी र ट्याक्टर ठक्कर, चालकको मृत्यु

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका-११, मालपोत कार्यालयअगाडि ८ गते राति करिब ११:५० बजे भएको सवारी दुर्घटनामा स्कुटी चालकको मृत्यु भएको छ।

लालबन्दीबाट नयाँरोडतर्फ जाँदै गरेको बा.प्र.-०२-०२८ प ६५०८ नम्बरको स्कुटी सोही दिशातर्फ गइरहेको ना.६ त ३०५० नम्बरको ट्याक्टरको पछाडि जोडिएको ट्रेलर (डब्बा) मा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटी चालक हरिवन नगरपालिका-८, चापिनीका २५ वर्षीय कवि रिखाम मगर गम्भीर घाइते भएका थिए। टाउको, छाती र च्यापुमा गम्भीर चोट लागेका उनलाई तत्काल हरिवनको स्वाभिमान अस्पताल पुर्याइएको थियो। थप उपचारका लागि वीरगञ्जस्थित स्पर्श अस्पताल लगिएको भए पनि मंसिर ९ गते राति करिब १:३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, स्कुटीमा पछाडि सवार हरिवनकै ४५ वर्षीय रामजी बस्नेतको खुट्टाको पैतालामा र ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टर र स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय, हरिवनबाट प्रहरी निरीक्षक भीमराज सुवेदीको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय