सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवास्थित यातायात ब्यबस्था कार्यालयले आफ्नो बार्षिक उत्शव भब्य रुपमा मनाएको छ। सोमबार कार्यालयमै एक कार्यक्रमकाबिँच आफ्नो पहिलो बार्षिक उत्शव सम्पन्न गरेको हो।
गत बर्षको मंशिर १७ गतेदेखि यहाँ यातायात ब्यबस्था कार्यालयको स्थापना भएदेखि यहाँका सेवाग्राहीलाई धेरै सहज भएको छ। अहिले यस कार्यालयबाट सहज रुपमा यातायात सम्बन्धिका सम्पूर्ण कामहरु भईरहेका छन्।
कार्यालय प्रमुख राकेश यादवका अनुसार गत मंशिर १७ गतेदेखि सावन ९ गतेसम्मका सवारी चालक अनुमतिपत्र (लाईसेन्स) आईसकेको र उक्त सवारी चालक अनुमतिपत्रहरुको बितरण पनि थालिसकेको जनाएका छन्।



