सर्लाही – हरिवनमा एकै परिवारका पाँच जना माथि खुकुरी प्रहार, दुई जना प्रहरीको नियन्त्रणमा
हरिवनमा खुकुरी प्रहारबाट एकै परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ४ सासापुरका २८ वर्षीय जगरनाथ महतो र उनको बुवा अन्दाजी ४५ वर्षिय भरत महतोले आफ्नै भाई नथुनी महतो बुहारी, भतिजा र भतिजीलाई खुकुरी प्रहारबाट गम्भीर घाइते बनाएका छन् ।
घाइतेमध्ये नथुनीको टाउकोमा धारिलो हतियार प्रहार गर्दा टाउको फुटेको छ र दुवै हातको कुममा गहिरो चोट छ । नथुनीको छोरा बैजनाथ महतोलाई पनि टाउको फुटेको छ भने नथुनिको छोरा ११ वर्षिय ललित महतोलाई भरत महतोले फलामको रड प्रहार गर्दा हाथ भाचेको छ । त्यसै गरि नथुनीको श्रीमतीलाई पनि धारीलो हथियार फर्सा प्रहार गर्दा टाउको फुटेको छ, घाईते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई थप उपचारका लागि जनकपुर रिफर गरिएको स्रोतले बताएको छ।



