सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु

सर्लाही , असार १४ गते । सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।

शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय