धड्कन एफ. एम. तेस्रो बर्षमा प्रवेश

गोडैता – सर्लाही जील्लाको गोडैता नगरपालिकास्थित गोडैता बजारबाट प्रसारण हुने बादल मिडिया प्रा. लि.द्वारा संचालित धड्कन एफ. एम. ९१.८ मेगाहर्ज आजबाट तेस्रो बर्षमा प्रवेश गरेको छ। बि.स. २०७९ साल बैशाख १७ गतेदेखि प्रसारणमा आएको धड्कन एफ. एम. जिल्लासहित मधेश प्रदेशकै लोकप्रिय रेडियो स्टेशन बन्न सफल भएको छ।

अहिले धड्कन एफ. एम. बाट विभिन्न भाषाका विभिन्न जनचेतना मुलक, ज्ञान मुलक, तथा मनोरंजनात्मक एवम् सांगेतिक कार्यक्रमहरु प्रसारण हुँदै आईरहेका छन्। यसका साथै, धड्कन एफ. एम. आवाज बिहिनको आवाज बन्न पनि सदैब पहलमा रहदै आएको तथा बिगतमा पनि हरपल आवाज बिहिनको आवाज बन्न प्रयासमा रहदै आएको एफ.एम.का अध्यक्ष शिव कुमार महतोले बताए।

जनताका दु:ख, पिर, ब्यथाहरुलाई अहिले पनि एफ.एम.ले समाचार बनाएर प्रसारण र आफ्नो अन्लाइनमा प्रकाशन गर्ने गरेको छ। रेडियोले अहिले स्थानिय भाषा तथा नेपाली भाषामा स्थानिय समाचारलाई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ।

अहिले रेडियोबाट भोजपुरी, बज्जिका, नेपालि, मैथली, हिन्दि, र अंग्रेजी भाषाका विभिन्न कार्यक्रम तथा समाचारहरु प्रसारण भईरहेका रेडियोका स्टेशन मेनेजर राजेन्द्र विश्वकर्माले बताए। रेडियोले दोस्रो बर्ष पार गरेर तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा यहाँसम्मको यात्रामा साथ दिने सम्पूर्ण बिज्ञापनदाता, स्रोता, स्थापना काल देखि रेडियोलाई साथ, सहयोग गर्दै आईरहेका सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय