धिरोज यादव
असोज ३ रौतहट ____ रौतहट जिल्लाको इशनाथ नगरपालिकामा नेपाल स्वयम सेवक संघको नगर कमिटि गठन भएको छ।
नेपाल स्वयम सेवक संघकाे मधेश प्रदेश फोकल पर्सन पुजा पाठक तिमल्सिनाको प्रमुख आति्थ्य तथा राकेश कुमार यादव रौतहट जिल्ला फोकल पर्सनको विशिष्ठ आति्थ्य एवम् प्रेस मंच नेपालको जिल्ला अध्यक्ष किशोरी यादवको आति्थ्यमा ११ सदस्य नगर कार्य समितिको गठन भएको हो।
नव गठित इशनाथ नगरपालिकाको नगर अध्यक्ष राकेश पटेलको अध्यक्षतामा ११ सदस्य नगर कमिटी सर्व सहमतिबाट चयन गरिएको छ।
जसमा अध्यक्ष राकेश पटेल, उपाध्यक्ष रूबी कुमारी फकिर, सचिव सरोज साह, सहसचिव दिपक सराफ, कोषाध्यक्ष प्रियंका सिंह, सदस्य हसमातारा खातुन, कौशल , रास्ता खातुन, सिमा देवी राम, राजीव कुमार साह, बीरेन्द्र साह चयन गरिएको छ।
नेपाल स्वयंसेवक संघको नामले समाजमा उदाएको संस्थाका परिकल्पनाकार श्री खेमराज पौडेल हुनुहुन्छ । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य हो।
समाजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल् मर्म हो। यसको स्थापना विसं २०७६ सालमा भएको हो। नेपाल स्वयंसेवक संघ मधेश प्रदेशको अध्यक्ष पूजा पाठकले थोरै संस्थाकाे बारेमा जानकारी दिनुभयो
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि अाफ्नै देशकाे सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारकाे विकास गर्ने उद्देश्यले स्थापना भएकाे थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छाैँ जुन समाजमा लुकेको छैन।
हामी जाग्नकाे लागि एकजुट भई राष्ट्र हितकाे लागि नीति समाजपाेषित बनाउने, महान् बुद्धकाे सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुन: नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । यति मात्र नभएर स्वर्गकाे टुक्रा ठानिने नेपालकाे सांस्कृतिक, प्राकृतिक सम्पदाहरूकाे तिव्र विकास गरी अार्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसकाे लागि हामी सबै एकजुट हुँदै छाैँ र बाँकी सबै हुनुहुनेछ भन्ने अाशा साथै भराेषा छ। हामी अाफैँ हाम्राे देश बनाउने छाैँ
यदि कुनै पनि व्यक्तिले नेपाल् स्वयम् सेवक संघमा आवद्ध हुन चाहेमा सामाजिक कार्यमा सकृय रहने तथा कुनै फौजादारी मुद्धा नलागेको र मगज नबिग्रेको कुनै पनि १८ वर्ष उमेर नाघेको ले यसमा सदस्य बनी समाजमा समाज विकासमा आफ्नो सहभागिता जनाउन सक्नेछन् भन्दै संस्थाका अध्यक्षले सर्वसाधारणलाई यसमा आवद्ध हुन अनुरोध गर्नु भयो।



