धिरोज कुमार यादव
भदौ ३१ आईतबार
सर्लाहीको लालबन्दी जनज्योति बहुमुखी क्याम्पसमा स्ववियुकाे तीज कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विधार्थी यूनियनद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम आईतबार जनज्योति क्याम्पसकाे हलभित्र धुमधामले मनाएका छन्।
सो अवसरमा स्ववियु सभापति अभिमन्यु चौधरीले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पुर्याउने विश्चास उहाँले व्यक्त गर्नुभयो ।
सोही अवसरमा स्वतन्त्र विद्यार्थी यूनियन पदाधिकारी तथा विधार्थीहरु नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्ववियु सभापति अभिमन्यु चौधरी , प्रमुख अतिथि दिपक अधिकारी, विशिष्ठ अतिथि युवराज देवकोटा, अतिथि विभु सिंह थापा, क्यामपस प्रमुख उमेश तिमलसिना, पूर्व क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, ने बि संघको केन्द्रीय सदस्य मनोज बख्रेल, ने बि संघ सभापति विवेक बनियाँ लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।



